काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको ‘आकस्मिक डाइलासिस’ गरिएको छ ।
हिजो बुधबार बिहानै अस्पताल लगिएका ओलीको ग्रान्डी अस्पतालमा आकस्मिक डायलासिस गरिएको हो । तर प्रधानमन्त्री र उनको सचिवालयले मात्र होइन, अस्पताल र अस्पतालका चिकित्सकले पनि प्रधानमन्त्रीको आकस्मिक डायलासिस गरिएको वास्तविकता लुकाइरहेका छन् ।
त्यक्तिमात्र होइन, अस्पताल प्रशासन र उपचारमा सम्लग्न चिकित्सकलाई पनि प्रधानमन्त्रीको सचिवालयले घटनाको वास्तविकता नबताउन र समान्य प्रेस नोट जारी गर्न निर्देशन गरेको अस्पताल स्रोतले बतायो । ओली तीन दिन यता अलिक अस्वस्थ देखिँदै आएका थिए । स्वास्थ्यमा खराबी देखिएपछि उनी बुधबार ग्रान्डी पुगेका थिए ।
ओलीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा हानिकारक तत्व ‘क्रियटाइन’ बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका हो । तत्कालका लागि जरुरत पर्दा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरिन्छ । ओलीलाई यो विधि पनि प्रयोग गरिएको अस्पताल स्रोतले बतायो । जसकाकारण वास्तविक सूचना सार्वजनिक भएको छैन ।
हुन त व्यक्तिको गोपनीयताको हक मौलिक कानुनकै रुपमा संविधानमा लेखिएको छ । उसले आफ्ना बारेमा गोपनीयताका हकको अधिकार प्रयोग गरेर गोप्य नै राख्न पाउँछ । तर कोही यस्ता ब्यक्ति हुन्छन्, उसको सबै जीवन सार्वजनिक हुन्छ । यसका बारेमा जनताले के भइरहेछ, कस्तो भइरहेछ भन्ने जानकारी लिन पाउने सूचनाको हकको पनि उत्तिकै महत्व हुन्छ ।
प्रधानमन्त्री त्यस्तै मध्येका एक पात्र हुन्, –जसको स्वास्थ्य अवस्था, उपचार विधि र प्रक्रियाका विषयमा सर्वसाधारण जो कोहीले पनि जानकारी राख्न पाउने सूचनाको हकको पनि विषय उठ्छ । तर वालुवाटारले वास्तविक सूचना लुकाउन अनेक चाल चालेको छ ।
मौलिक हकको प्रयोग गर्दा व्यक्तिको भन्दा बहुसंख्यक जनताको हक हावी हुन आउँछ । यस अर्थमा वास्तविकता जान्न पाउने जनताको सूचनाको हक यसमा बढी आकर्र्षित हुन्छ । यस अर्थमा व्यक्तिको गोपनीयताको हकभन्दा जनताको सूचनाको हक आकर्षित हुन्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सर्वसाधारण जनताले जान्न पाउनुपर्ने सूचनाको हक आकर्षित हुन्छ ।
तर प्रधानमन्त्रीको सचिवालयले अहिलेमात्र होइन, यस अगाडि पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थादेखि उपचार प्रक्रियासम्मका विषय गोप्य राख्दै सामान्य जानकारी मात्र गराउँदै आएको छ । बुधबार पनि त्यही गरिएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्यासिंह शाह र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि अस्पताल भर्ना भएको स्रोतले बताएको छ ।
‘उहा (प्रधानमन्त्री)को स्वास्थ्यस्थिति समान्य छ । आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ जारी प्रेस नोटमा उल्लेख छ । तर प्रधानमन्त्री डायलासिस गरिएका कारण अझै एक दुई दिन अस्पताल नै बस्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले बताएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो ।
२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो । २ कात्तिकमा फेरि ओली अस्पताल पुगेका थिए । त्यसदिन ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका ओलीको नियमित स्वास्थ्य जाँचमात्र भएको ओलीका निजी चिकित्सक डा दिब्या बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना