भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ ।
मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
“बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐरले भन्नुभयो, “बिहान मात्रै गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।” शव परीक्षणका अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु