चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन ।
निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उहाँले जानकारी दिनु भयो ।
यस अघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सवै गैंडा कालगतीले मरेका हुन् ।
गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए । चोरी शिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतीवाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा