काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको अभियोगमा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने भएको छ ।
सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्न लागेको हो ।
पत्रदर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ ।
सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ