काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आकस्मिक डायलासिस गरिएको छ । ग्राण्डी अस्पतालमा भर्ना भएकै दिन बुधबार साँझ ओलीको आकस्मिक डायलासिस गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने प्रेस नोटमा उल्लेख गरिएको छ । डायलाइसिसको क्रममा डिस्चार्ज हुन थप केही दिन लाग्ने सम्भावना पनि रहने स्रोतको भनाइ छ ।
तर अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा यसबारे केही लेखिएको छैन ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना