काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आकस्मिक डायलासिस गरिएको छ । ग्राण्डी अस्पतालमा भर्ना भएकै दिन बुधबार साँझ ओलीको आकस्मिक डायलासिस गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने प्रेस नोटमा उल्लेख गरिएको छ । डायलाइसिसको क्रममा डिस्चार्ज हुन थप केही दिन लाग्ने सम्भावना पनि रहने स्रोतको भनाइ छ ।
तर अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा यसबारे केही लेखिएको छैन ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली