महराको आज थुनछेक बहस

सफल खबर संवाददाता

विहीबार, १४ कार्तिक २०७६, १० : ००
महराको आज थुनछेक बहस

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज बिहीबार थुनछेक बहस हुने भएको छ ।

सम्भवतः आजै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने अदालतले जनाएको छ । धेरै वकिलले बहस गर्ने भएकाले आज टुंगो नलाग्न सक्ने पनि बताइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने जानकारी दिएका छन् । 

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस