कास्की– २ मा विद्या भट्टराईले टिकट पाउने नपाउनेमा अझै अनिश्चित

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, २० : ५१
कास्की– २ मा  विद्या भट्टराईले टिकट पाउने नपाउनेमा अझै अनिश्चित

काठमाडौं । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराईले टिकट पाउने नपाउनेमा अझै अनिश्चित बनेको छ ।  आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेपछि यस्तो अवस्था आएको हो । 
यसअघि जिल्लाले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराइको मात्रै नाम सिफारिस गरेको भएपनि प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । 
प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको हो ।  

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।