मिल्यो  ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, १३ : ४०
मिल्यो  ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ ।

‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो । उक्त विवाद प्रहरीमा समेत पुगेको थियो ।

मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिशृङ्खलाले ‘भद्रगोल’को पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस