घुस लिएको आरोपमा समातिए प्रहरी

रासस

बुधबार, ०६ कार्तिक २०७६, १९ : १८
घुस लिएको आरोपमा समातिए प्रहरी

कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् ।

यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दाबी छ । अ

दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले पक्राउ परेका प्रहरी जवान चौधरीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय पठाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस