Safal Khabar - ठगी गर्ने एक जना पक्राउ
शुक्रबार, ०६ मङि्सर २०७६ (Friday, 22 November, 2019)
ठगी गर्ने एक जना पक्राउ
मङ्गलबार, ०५ कार्तिक २०७६, २० : ०२
ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका–१ का राजकुमार राईलाई पक्राउ गरिएको हो । 

राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिनुभयो । उनले  सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै गरेका एक युवासँग रु ८० हजार मागेका थिए । सेनाको बराह दल गुल्मले हालै एक सय जनाका लागि खाँदबारीमा भर्ना प्रक्रिया अघि बढाएको थियो । 

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस