पैसा पचाउन गाह्रो

पत्रपत्रिकाबाट

शनिबार, ०२ कार्तिक २०७६, २१ : २९
पैसा पचाउन गाह्रो

काठमाडौं । हल्लाखल्ला गरेर नै पूजा शर्माले आफूलाई टपकी अभिनेत्री साबित गर्ने प्रयास गरिरहेकी छिन्। यसका लागि केही युट्युबरलाई हात लिने र पारिश्रमिकको हल्ला चलाउने काम उनले राम्रैसँग गरिरहेकी छिन्। यसका लागि उनले नक्कली फ्यानको समूह खडा गरेको केही समयअघि समाचारमा नै आएको थियो। तर, कलाकारलाई स्टार बनाउने काम पहिले फिल्मले गर्छन्, अनि फ्यानले। फिल्म नै राम्रा भएनन् भने फ्यानले कसरी थेग्नु ? 

पूजामा अहिले यही सकस देखिएको छ। महँगो पारिश्रमिक लिएको फिल्म ‘पोइ पर्‍यो काले’ दुई हप्तापछि प्रदर्शनमा आउँदै छ तर यसका संकेत राम्रा छैनन्। पहिलो त फिल्मको गीत खासै चलेन। ट्रेलरको पनि उही हालत छ। त्यसैले फिल्मको हाइप ठन्डा छ। अझ त्यसमाथि हिन्दी र नेपाली फिल्मको टक्कर।

यही मितिमा बलिउडको ‘हाउसफुल ४’ र ‘साँढ की आँख’ आउनेवाला छन् भने नेपालबाट सोही मितिमा निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत ‘घामड शेरे’ आउँदै छ। यो फिल्मका लागि पूजाले १६ लाख पारिश्रमिक लिएको चर्चा थियो। तर, फिल्मको प्रारम्भिक परिणाम हेर्दा पूजालाई पनि पैसा पचाउन गाह्रै हुने लक्षण देखिएको छ। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस