नेकपाको चियापानमा सीदेखि सांसद पक्राउको चर्चा

पत्रपत्रिकाबाट

विहीबार, ३० असोज २०७६, ०७ : ५८
नेकपाको चियापानमा सीदेखि सांसद पक्राउको चर्चा

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ ।

उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी भ्रमणमा भएका उपलब्धिको चर्चा गरेका थिए ।

पिउने पानीको हाहाकार
चियापानमा एक लाख जनालाई निमन्त्रणा गरिएको पठाइएको थियो । सोहीअनुसार खानेकुराको तयारी गरिएको थियो । भृकुटीमण्डपमा चियापानका लागि पार्टीका नेता तथा कार्यकर्तासँगै निमन्त्रणा स्वीकार गर्दै पाहुनाहरू सहभागी भएका थिए । तर चिया र खाजा खान पाए पनि सहभागीहरूले पानी पिउन पाएका थिएनन् । 

महरादेखि सांसद पक्राउको चर्चा
चियापानमा निवर्तनमान सभामुख कृष्णबहादुर महरा नेता तथा कार्यकर्ताको चर्चाको विषय बनेका थिए । सभामुखको कारण जनतासमक्ष जवाफ दिन कठिनाइ भएको विषय नेता र कार्यकर्ताको बीचमा कानेखुसीसमेत भएको देखिन्थ्यो ।

सहभागी भएन राजपा
चियापानमा प्रतिपक्षी दल राजपाका नेता तथा कार्यकर्ताहरू सहभागी भएनन् । राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले सरकारमा दम्भ बढ्दै गएकाले सहभागी नभएको प्रतिक्रिया दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस