कलंकी–नौबिसे सडक अब एकतर्फी सञ्चालन हुने

पत्रपत्रिकाबाट

विहीबार, ३० असोज २०७६, ०७ : ३२
कलंकी–नौबिसे सडक अब एकतर्फी सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यका बाहिरिने र भित्रने मुख्य थानकोट नाका सडक खण्डमा केही समय सवारी आवतजावतमा समस्या हुने भएको छ । कलंकीदेखि नौबिसेसम्मको सडकखण्डमा 
एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गरेर मंगलबारबाट सुरु भएको मर्मत कार्यका कारण सडकमा अवरोध आउने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले सडक मर्मत अवधिभर उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस