चीन–नेपाल मित्रताबाट भारत चिन्तित

पत्रपत्रिकाबाट

बुधबार, २९ असोज २०७६, ०८ : ०२
चीन–नेपाल मित्रताबाट भारत चिन्तित

काठमाडौं । चीनको तर्फबाट नेपालमा अर्बाैं रुपैयाँको लगानी गरिंदै छ । साथसाथै चीनले कैयौं ठूला आयोजनाको व्यवस्थापन पनि गर्दै आएको छ । यो अवस्था भारतका लागि चिन्ताको विषय हुन सक्छ । किनकी कैयौं आयोजनामा चीन–भारत आमने सामने पनि भएका छन् । साथै चीन–नेपालबीच सैन्य अभ्यास पनि भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमण सकेर नेपालको भ्रमणमा आएका थिए । २३ वर्षपछि चीनको राष्ट्राध्यक्ष नेपाल आएको यो पहिलो अवसर हो । उक्त भ्रमणको समयमा चीनले नेपालमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । यो मध्ये रसुवागढीदेखि नेपालको राजधानी काठमाडौंसम्म सडक आयोजना पनि परेको छ । यो विषयलाई लिएर चीन र नेपाल सरकारबीच समझादारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
चीनकोतर्फबाट लगातार नेपालमा लगानी गर्ने प्रयास भइरहेको छ र चीन–नेपाल सडक मार्ग बनाउने गतीलाई बढाइएको छ । नेपाल–चीनबीचमा भएको सम्झौताका अनुसार रसुवागढीदेखि काठमाडौसम्म चीनले सडक बनाउने भएको छ । यसले दुई देशबीचको व्यापारलाई बढाउँछ । किनकी रसुवागढी चीनको सीमानसम्म जोडिएको छ । यो सडकमा दुई सुरुङ पनि हुनेछ ।

चीनले यो सडक दुई भागमा बनाउने जनाइएको छ । पहिलो भाग टोखादेखि काठमाडौं र दोस्रो चीनको चीनको सीमानासम्म जोडिने छ । यो सामग्री कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस