गुणस्तर परीक्षण गर्न राखिएको एक करोडको सुन गायव

पत्रपत्रिकाबाट

बुधबार, २९ असोज २०७६, ०७ : ३६
गुणस्तर परीक्षण गर्न राखिएको एक करोडको सुन गायव

काठमाडौं । गुणस्तर परीक्षण गर्न संकलन गरिएको झण्डै एक करोड रुपैयाँको सुन गायव भएको छ । 
सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन बाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना बिभागबाटै गायब भएको हो । 
सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो । 
संकलन गरिएका नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस