काठमाडौं । बेनिशा हमालको केही समययताको घुमघामले धेरैलाई बढी नै उत्सुक बनाएको थियो। उनी विगत छ महिनायता कहिले इन्डोनेसियाको बाली त कहिले थाइल्यान्ड अनि कहिले रारामा देखिने गरेकी थिइन्। फोटोमा एक्लै देखिने बेनिशाको फोटो खिचिदिने साथी को होला भनेर धेरैलाई चासो थियो।
अन्ततः उनको फोटो खिच्ने मानिसको पहिचान खुलेको छ। बजारमा चलेको हल्लाअनुसार उनको फोटो खिच्ने व्यक्ति अरू कोही नभएर रौनकविक्रम कँडेल हुन्। केही समयअघि सार्वजनिक भएको समाचारअनुसार रौनक र बेनिशा केही समययता प्रेममा छन्। रौनक अहिले हलमा चलिरहेको ‘कबड्डी’ सिरिजका निर्माता हुन्। त्रिसारा रेस्टुरेन्टमा रौनकले बेनिशालाई चुम्बन गरिरहेको फोटो सार्वजनिक भएपछि दुवैको प्रेम सबैको नजरमा परेको हो।
बेनिशाको नाम यसअघि सिमोस सुनुवारसँग पनि जोडिने गरेको थियो। तर, यसलाई पुष्टि हुने कुनै प्रमाण भेटिएको थिएन। तर, रौनकसँगको प्रेमलाई भने उनी स्वयंले सकारेकी छिन्। नत्र समाचारै आएपछि बेनिशा यत्तिकै किन चुप लाग्थिन् होला र ? सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २८ असोज २०७६, २० : ५३
लेखकबाट थप