समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १२ : ४४
समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु भएको हो । 

भेटवार्ता १५ मिनेट लामो हुने जनाइएको छ । सो भेटपछि राष्ट्रपति स्वदेश प्रस्थानका लागि विमानस्थलतर्फ लाग्नेछन् ।

प्रतिक्रिया दिनुहोस