दशैँ सकिएसँगै सुनचाँदीको मुल्य घट्यो

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १५ : ३२
दशैँ सकिएसँगै सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । दशैँ सकिएसँगै सुनचाँदीको मुल्य घटेको छ । दशैँको बिदाभरी स्थिर रहेको सुनचाँदीको मुल्यमा बजार खुलेसँगै गिरावट आएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोला ७० हजार ४ सय  र तेजावी सुन ७० हजार १ सय  रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस