सी फर्किने दिन सरकारले दियो सार्वजनिक विदा

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, ०९ : ०९
सी फर्किने दिन सरकारले दियो सार्वजनिक विदा

काठमाडौं । २३ वर्षपछि चिनियाँ राष्टपतिको हुन लागेको नेपाल भ्रमणलाई मध्यनजर गरेर सरकारले स्वागतका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोलि शनिवार १९ घण्टे भ्रमण तालिका बनाएर चिनियाँ राष्टपति सी जिनफिङ नेपाल भ्रमणमा आउँदैछन् । उनी भारत हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भोलि शनिवार भएकोले पर्सि आइतबारका लागि सरकारले सीको स्वागतका लागि सार्वजनिक विदा दिन लागेको हो । तर राष्ट्रपति सी सोही दिन मध्यान्ह नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किनेछन् ।
 
भारतको चेन्नाई विमानस्थलबाट नेपाल आउन लागेका सीको स्वागतका लागि भोलि अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम नै अन्र्तराष्ट्रिय विमानस्थल पुग्ने गरी नेपालले तयारी गरिरहेको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको थियो ।

भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ । खासगरी पूर्वाधारका क्षेत्रमा नेपाल र चीनका बीचमा सम्झौता हँुदैछन् । मुख्य प्राथमिकता केरुङ काठमाडौं रेलमार्ग डिडिआर, सडक लगायतका दर्जन आयोजनाहरु छन् । 

प्रतिक्रिया दिनुहोस