अमेरिकामा नेपालीहरुले दशैँ यसरी मनाए,टीका लगाउने साइत दुई वटा

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, ०७ : १९
अमेरिकामा नेपालीहरुले दशैँ यसरी मनाए,टीका लगाउने साइत दुई वटा

अमेरिकामा विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले हर्षोल्लास साथ २०७६ सालको बडा दशैँ मनाएका छन् । बर्षमा एक पटक आउने नेपालीहरुको महान चाड दशैँ परदेशमा रहेका आफन्त, ठुला बडा मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा थापी मनाएका छन् ।

अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ३५ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकाका बिभिन्न स्थानमा रहेका आफूले मान्नु पर्ने आफन्त, अभिभावक, नेपालबाट अमेरिका आएका अभिभावक संग टीका ग्रहण गर्न पुगेका थिए । अमेरिकाका नेपालीहरु रहेका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपाल जस्तै मनोरंजनपूर्वक मनाएको समाचार छ  l

अमेरिकामा दशमी मगलबार कामको दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति, परम्परा तथा चाडपर्वलाई मनाएका छन् ।

नेपाल जस्तै गरि परिवार अनुसार नौ दिनसम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरि किस्तीमा जमरा राखेका थिए । अमेरिकामा नेपालीहरुको मन्दिर समेत भएकोले बिभिन्न राज्यहरुमा पायक पर्ने मन्दिरमा गएर जमरा समेत वितरण गरेका छन् । अमेरिकाको डिसी क्षेत्रमा स्थापित डिसी नेपाली समाजले स्थापना कालदेखि नै जमरा वितरण गर्दै आएकोले यस बर्ष पनि नेपाली समुदायलाई सहज बनाई दिएको छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै अभिभावक तथा मान्यजनका घर गै निधारमा टिका ग्रहण गरेका छन्  l जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ l असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

अमेरिकामा दशैको दिनमा सेलरोटि, मासुका विभिन्न परिकार, नेपाली शैलीका अचार तथा दशमी मंगलबार परेकोले शाकाहारीको लागी फलाहार आदि ईत्यादी समेत आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l नेपाली पोशाक दौरा, सुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका सारी (फरिया)तथा गरगहनामा सजिएका थिए ।

अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र सौगत स्वरुप खाममा पैसा दिदा निकै प्रफुल्ल र खुशी देखिन्थे l अमेरिकामा नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

अमेरिकाका विभिन्न राज्य र शहरमा टीका ग्रहण गर्ने समय नेपालको भन्दा एक दिन अगाडी परेको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिले गराएको थियो ।  जसअनुसार अमेरिकाका केही पूर्वी राज्यहरुमा दशैको साईत ७ तारिख नै दशैँ परेको जनाएको थियो । जसको कारण अक्टोबर ७ कै दिन नेपालीहरुले दशैँ समेत मनाएका छन् ।

भौगोलिक हिसाबले हामी नेपाल भन्दा पश्चिममा छौँ र समयको हिसाबले हामी ११/ १२ घन्टा पछाडि छौँ तर तिथिको हिसाबले हामी पछाडी छैनौँ भनि जानकारी गराएका थिए ।

२०१९ असोज २१ गते नेपालको समय अनुसार दशमी तिथि ७ तारिखको दिउसो ३ बजेर ७ मिनेटमा सुरु भई त्यहाँको समयानुसार भोलिपल्ट बेलुका मंगलवार ४ बजेर १९ मिनटसम्म रही श्रवण नक्षत्रले युक्त भएकोले नेपालमा ८ तारिख दशैँ मनाउने निर्णय गरेको भयो तर अमेरिकाको पूर्वी भागमा भने सोही समयमा मनाउनका लागि रातको समय भयो ।

७ तारिखको राति (विहान) २ बजेर ३७ मिनेट देखि सुरु भई ८ तारिखको विहान ४ बजेर ५० मिनेटसम्म मात्र रहने भएकोले सजिलैसँग ७ तारिख पर्न गएको हो भनेकोले अक्टोबर ७ सोमबार दशमीको दिन देवी विसर्जन गर्न सकिने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस