स्वास्थ्य सरोकार

माछा सेवन सम्बन्धी डर लाग्दो तथ्य सार्वजनिक

शनिबार, २० माघ २०७४, १८ : ५०
माछा सेवन सम्बन्धी डर लाग्दो तथ्य सार्वजनिक

चितवन / माछा सेवन स्वास्थ्यका लागि फईदाजनक भए पनि भारतीय माछा सेवनले क्यान्सर हुने सरोकारवालाले बताएका छन् । भारतबाट आयत हुने माछामा प्रयोग हुने फमूर्लीनयु्क्त माछा ६ महिना सेवन गरे क्यान्सर हुने उनीहरुको भनाई छ । भारतबाट आयत हुने माछा प्रति केजी ०.२ मिलि ग्राम फर्मालिन प्रयोग हुने भनिए पनि त्यो भन्दा बढी मात्रामा प्रयोग हुने गरेको अनुमान गरिन्छ । नेपालको मुख्य भन्सार विंरगञ्जबाट बार्षिक २ अर्ब मुल्य बराबरको यस्तो खाले माछा नेपाली बजारमा भित्रिने गरेको छ । स्वास्थ्यका हिसाबले यस्ता फर्मालिन प्रयोग भएको माछा उपभोक्ताले ६ महिनासम्म खाए क्यान्सर लाग्ने सरोकारवालाहरुले बताएका छन् ।

नेपालमा अहिले पनि ६० प्रतिशत माछा भारतबाट आउने गर्दछ । नेपाल मत्स्य व्यवसायी सघंका केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद अधिकारीका अनुसार भारतबाट आउने माछामा फर्मालिनको जाचँ गर्ने ल्याब वा उपकरण नरहेकाले सुघेर र छामेको भरमा नेपाल भित्रायिन्छ । अधिकारीले भन्नुभयो, “फर्मालिन युक्त माछाको सेवन गर्नाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ ।  सस्तो मुल्यमा पाउने भएकाले उपभोक्ताहरुले यस्तो माछा उपभोग गरिरहेका छन् ।” बजारमा भारतयी माछा १ सय ५० रुपैयाँमा पाईन्छ भने नेपाली जिउदो माछाको मुल्य २ सय ६० सम्म पर्छ । फर्मालिनयुक्त माछाको उपभोगलाई निरुत्साहित पार्न नेपाल सरकारले माछापालक कृषकहरुलाई सहुलियत पुर्ण ऋण उपलब्ध गराउनुपर्ने उहाँको भना ई छ ।

प्रतिक्रिया दिनुहोस