बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु, एउटा बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाल्यो

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०७६, ११ : २३
बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु, एउटा बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाल्यो

काठमडौं । ह्याकरले  नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । 

दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो ।  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थालेको छ । 

प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, सनराइज, एनबी, जनता, सिटिजन, बैङ्क अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैङ्कहरु नेप्समा आबद्ध छन् ।   

प्रतिक्रिया दिनुहोस