काठमाडौं । हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ ।
विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क निषेधको नीति लिएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ असोज २०७६, ०७ : ४५
लेखकबाट थप