अध्यादेशमार्फत् आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मान्य नहुने चिकित्सकहरुको चेतावनी

शनिबार, २० माघ २०७४, १३ : ३८
अध्यादेशमार्फत् आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मान्य नहुने चिकित्सकहरुको चेतावनी

काठमाडौं । चिकित्सकहरुले अध्यादेशमार्फत् आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति डा. गणेशबहादुर गुरुङले प्राज्ञहरुसँग छलफल समेत नगरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मान्य नहुने अडान राखे ।

उनले  विश्वविद्यालयको स्वायत्त अधिकारमाथि नै बन्देज लगाउने गरी ल्याइएको अध्यादेश कार्यान्वयनमा आउने अवस्थामा नरहेको दावी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमाथिको बहस’ कार्यक्रममा बोल्दै उपकूलपति गुरुङले सीमित व्यक्तिको हितमा केन्द्रित भएर सरकारले ऐन, कानुन बनाउन नमिल्ने तर्क समेत गरे । उखनले  आफू एउटै उच्च विश्वविद्यालयको पक्षमा रहेको पनि स्पष्ट पारे ।

चिकित्सकहरुले चिकित्सासम्बन्धि अध्यादेश ल्याउँदा प्राज्ञिक क्षेत्रको राय, सुझावलाई मुख्य आधार बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस