यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १३ : १८
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

काठमाडौं । आफूमाथि संसद भवनमै कर्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णवहादुर महाराले राजीनामा दिएका छन् ।
संघीय संसद सचिवालयका अनुसार घटनाको निष्पक्ष छानविन होस् भनेर महराले राजीनामा दिएका हुन् ।  
यस अघि नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन निर्देशन गरेको थियो । महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस