सहकारीबाट लोन निकाली दिएबापत  कमिसन खाने ब्यक्ति रंगेहात पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, १९ : ४७
सहकारीबाट लोन निकाली दिएबापत  कमिसन खाने ब्यक्ति रंगेहात पक्राउ

प्रकाश सिग्देल

काठमाडौँ । नारायणगढको एक सहकारीबाट लोन निकाली कमिसन खाने नारायणगढ बेलचोकका जसबहादुर लामालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

स्वस्तिक बहुउदेस्य सहकारी संस्था संस्था लिमिटेड नारायणगढ बाट लोन निकाली कमिसन खान सकृय उनिलाई लाई प्रहरीले पक्राउ गरेको हो  । उनले भरतपुर महानगर सरदपुरका माया सेगंतानलाई सहकारी बाट ६ लाख ८२ हजार रकम निकालिदिएबापत ८० हजार कमिसन मागेका थिए ।

लोन ७ लाख सिफारीस भएकोमा सहकारी कमिसन कटाएर ६ लाख ८२ हजार पाएको र त्यो रकम सिफारिस गरिदिएबापत  कमिसन ८५ हजार मागेको र आफुले त्यत्रो दिन नसक्ने बताएपछि उसले जवरजस्ती जसरी पनि दिन पर्ने भन्ने धम्काएको सेगंतानले बताउनु भयो । उसले कमिन नदिनेभए सहकारीमै लगेर रकम फिर्ता गर भनि धम्काएको र पछि जवरजस्ती गरेपछि ३५ हजार दिएको बताउनु भयो ।

सोमबार सहकारीमा सबै प्रक्रिया सकेर देव बिकास बैक नारायणगढबाट चेक साटेपछि बैककै अगाडी धेरै बेर लेनदेनमा बिबाद भएको र अन्तिमा उनलाई चितवन प्रहरीले पक्राउ गरेको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो ।

पक्राउ परेका जसबहादुर लामाले काम गरेबापतको कमिसन आफले ५ प्रतिषत लिने गरेको र त्यही बापतको पैसा आफुले लिएको बताउनु भयो ।

७० हजार आफुले मागेको र त्यो नदिएपछि ३५ हजार भएपनि लेउनत भनी ३५ हजार रकम लिएको लामाले सुईकार गर्नु भयो ।

आफुले सहकारीलाई जगा उपलब्ध गराउने मानीस खोज्ने र कमीसन खाने गरेको उहाको भनाई छ । आफनो साथीको सहकारी भएकाले आफुले सिफारीसमा लोन निकाल्ने गरेको उहााके भनाई छ । लामा सहकारीका केही कर्मचारीसंगको मिलेमतोमा बिगत लामो समय देखि यस्तो काममा संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले लामालाई  सहयोग गर्ने उनका एक सहयोगीको फरार भएको र उनको  खोजि भएको जनाएको छ ।   देवबिकास बैक अगाडी प्रहरी देखेपछि उनका सहयोगी निलो रंगको पल्सर बाईक छाडेर भागेको उपभोक्ता अधिकार कर्मी भुषालले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस