चितवन विषेश

अस्पताल विकास समिति कर्मचारी युनियनको तेस्रो महाधिवेशन शुरु

शुक्रबार, १९ माघ २०७४, १८ : ०५
अस्पताल विकास समिति कर्मचारी युनियनको तेस्रो महाधिवेशन शुरु


चितवन / अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन शुक्रबार भरतपुरमा शुरु भएको छ । प्रदेश सभासद दोय घनश्याम दाहाल र विजय सुवेदी एक कार्यक्रमका बिच महाधिवेशनको उद्घाटन गर्नुभयो । २०६३ सालमा आधिकारिक युनियनका रुपमा स्थापित युनियनको तेस्रो अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । भरतपुरको क्यान्सर अस्पतालको अडेटेरियम हलमा जारी अधिवेशन शनिबार सम्म चल्ने बताईएको छ । युनियनमा देशभरका १० हजार स्वास्थ्यकर्मीहरु आवद्ध छन् । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल प्रगतिशिल जनस्वास्थयकर्मी सघंका संयोजक बामदेव आर्यालले एउटै ठाउँमा विकास तह र साधारण तह निर्धारण गरी २ तहमा कर्मचारीहरुलाई बर्गीकरण गरेको प्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “एउटै कामलाई २ वटा भन्न मिल्दैन । राज्यले विभेदकारी नीति ल्याएर अपमान गर्न खोजेको छ ।” समायोजन प्रकृया विद्यान भन्दा फरक हुन गएको छ उहाँले भन्नुभयो । अखिल नेपाल प्रगतीशिल स्वास्थकर्मी सगठनंका अध्यक्ष लिलाराम थापाले सुरुवाती चरणमा राज्यलाई घचघचाउने , राज्यले नसुने कुनै पनि समयमा अस्पताललाई ठप्प पार्ने चेतावनी दिनुभयो ।

नेपाल राष्ट्रिय स्वास्थयकर्मी संगठन का केन्द्रिय अध्यक्ष चित्रजङ शाहीले राज्यले विभेदकारी नीति ल्याएकोे अरोप लगाउनुभयो. । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिक सुपरीटेन्डेन्ट डा रुद्र मरासैनीले स्वास्थ्य जनताको मैलिक हक भन्ने आभास गराउने गरि काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“स्पष्ट गाईड लाईन ,ऐन र नियम नभएकोले यस्तो अवस्था आएको हो । विनिमिवलीहरु अस्पताल अनुसार फरक फरक हुनाले कठिनाईहरु सिर्जना भएको छ ।” मरासैनीले विकास समितिको ऐन नियमलाई व्यवस्थित बनाउन आग्राह गर्नुभयो । युनियनले अबका दिनमा बैज्ञानिक अधारमा कर्मचारी नियुत्ति गर्नुपर्ने , स्पष्ट आधार , सरुवा र बढुवा हुने व्यवस्था मिलाउनु पर्ने कुरामा जोड दिनुभयो ।युनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालको अध्यक्षतामा कार्यक्रम भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस