Safal Khabar - यसकारणले रोकियो अन्तिम समयमा प्रधानमन्त्रीको सम्बोेधन
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
यसकारणले रोकियो अन्तिम समयमा प्रधानमन्त्रीको सम्बोेधन
बिहिबार, ०२ असोज २०७६, १५ : ०७
यसकारणले रोकियो अन्तिम समयमा प्रधानमन्त्रीको सम्बोेधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको सम्बोधन अन्तिम समयमा आएर रोकिएको छ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्ने भएकाले संसदको संवोधन रोकिएको हो । 

‘संसदमा गर्ने भनिएको सम्बोधन रोकिएको छ,’ उनले भने, ‘भोलि संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुनेछ।’

प्रतिक्रिया दिनुहोस