नेकपा सचिवालय बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, ०८ : ५९
नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेकपाको अहिले बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको कार्यब्यस्तता र अन्य नेताहरुको पनि ब्यस्ततालाई कारण देखाउँदै नेकपाले सचिवालय बैठक स्थगित गरेको हो । नेकपाले अहिले बिहान ९ वजे सचिवालय बैठक बोलाएको थियो ।

२५ भदौंमा नेकपाको पछिल्लो सचिवालय बैठक बसेको थियो । त्यसपछि सचिवालय वैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री केपी ओलीको १५ दिने सिंगापुर उपचार भ्रमणका क्रममा एकपटक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी बैठक बसेको थियो ।

नेकपाले पार्टी एकतापछिको संगठनात्मक एकताको काम अझै केही टुंगो लगाउनै वाकी छ । केन्द्रीय आयोगहरुको गठनमा नेकपा अझै अल्झिरहेको छ । पोलिटब्यूरो गठन हुन सकेको छैन ।

वालुवाटारमै आज प्रधानमन्त्री निवासको पनि सिलान्यास हुदैछ । ११ वजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि नयाँ वन्न लागेको निवासको सिलान्यास गर्ने कार्यक्रम तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले वताए ।

त्यस्तै आजै चालु संसदको अधिवशेन अन्त्य गर्ने र त्यसमा प्रधानमन्त्रीले दुवै सदनमा सम्बोधन गर्ने कार्यक्रम रहेकोले पनि त्यसको तयारीमा समेत जुट्नु परेकोले आजका लागि बोलाईएको वैठक स्थगित गरिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस