साताको शेयर बजार : एक अर्ब ५६ करोडको कारोवार

शनिबार, २८ भदौ २०७६, १५ : ४४
साताको शेयर बजार : एक अर्ब ५६ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस टे«न्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए । साताभरिमा नेप्से ३३।१९ अङ्कले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो । 

साताभर कूल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर रु एक अर्ब ५६ करोड तीन लाख ९९ हजार बराबरको कारोवार भयो । गत बिहीबार अर्थात् यही भदौ १९ गते नेप्से ३।७ विन्दुले घटेर एक हजार १९१।०७ विन्दुमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरु भएको थियो । 

 नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । परिसूचक १२।६१ विन्दुले घटेर एक हजार १७८।४६ मा झ¥यो । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहन पुग्यो । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो । 

 सोमबार पनि बजारको अवस्था उस्तै रह्यो । त्यस दिन कूल १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर रु २९ करोड ९२ लाखमा कारोवार भयो । 

 साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २।२४ विन्दुले घटेर एक हजार १६६।६७ विन्दुमा झ¥यो । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद–बिक्री भए । 

 बुधबार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३।४६ अङ्कले घटेर एक हजार १६३।२१ मा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोवार भयो । 

    यस्तै साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा प¥यो ।  सो दिन नेप्से परिसूचक ५।३३ अङ्कले घटेर एक हजार १५७।८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद–बिक्री भए ।  

नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोवारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोवार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोवारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उनीहरुलाई उक्त अनुमति दिइएको हो । मार्जिन कारोवारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोवारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ । रासस
 

प्रतिक्रिया दिनुहोस