काठमाडौं । निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।
मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए।
उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’
मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया