सोधपुछ गरेर टिकटकर रतन कार्कीलाई प्रहरीले छोड्यो

सफल खबर संवाददाता

बुधबार, २० फागुन २०८२, १७ : १७
सोधपुछ गरेर टिकटकर रतन कार्कीलाई प्रहरीले छोड्यो

चितवन । प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आशंकामा टिकटकर रतन कार्कीलाई प्रहरीले सोधपुछ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता रवीन्द्र खनालका अनुसार सोधपुछपछि उनलाई छोडिएको छ।

अनुसन्धानको क्रममा कार्कीले पोस्ट गरेका तस्बिरहरू सामाजिक सञ्जालबाट हटाउन निर्देश दिइएको र पालना गरिएको जनाइएको छ। प्रहरीले भने कि टिकटकर कार्कीले मौन अवधिमा विभिन्न उम्मेदवारका तस्बिर सार्वजनिक गर्दै आएका थिए, जुन आचारसंहिता उल्लंघनको रूपमा मूल्यांकन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस