आज कति छ सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०७६, १२ : २०
आज कति छ सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

 बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।  

चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस