पूर्वराजदूत झा हत्या प्रकरणमा कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, २० : ४९
पूर्वराजदूत झा हत्या प्रकरणमा कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराम तामाङलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए ।

तामाङलाई गत साउन ३१ गते महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । तामाङविरुद्ध झा पत्नी ज्ञानुले महानगरीय प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएकी थिइन् ।a

प्रतिक्रिया दिनुहोस