बहुविवाह गरेको अभियोगमा गाउँपालिका प्रमुख पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, १३ : २१
बहुविवाह गरेको अभियोगमा गाउँपालिका प्रमुख पक्राउ

काठमाडौँ । बहुविवाह  गरेको  अभियोगमा  प्यु्ठानको गौंमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरि त्यहाँको प्रहरीद्धारा पक्राउ परेका छन ।  

गाउँपालिका अध्यक्ष गिरि विरुद्ध भदौं १०  गते उनकी श्रीमति सिता केसीले  प्युठान नगरपालिका कै एउटी १८ बर्षीया युवती संग दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्धा  दिएकी थिईन ।

श्रीमतिले मुद्धा दिए लगत्तै उनी जिल्ला बाहिर छु भन्दै आफुले अर्को विवाह भएको कुरा झुट भन्दै विज्ञप्ती प्रकाशित गरे पनि सम्पर्क विहिन भएका थिए  ।

आईतवार बहुविवाहका आरोपीलाई समातेर कष्टडीमा राखिएको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस