फोहर मैला व्यवस्थापनमा भरतपुर महानगरपालिकाको सकृयता

विहीबार, १८ माघ २०७४, १५ : ४९
फोहर मैला व्यवस्थापनमा भरतपुर महानगरपालिकाको सकृयता

भरतपुर / कोरियनको फोहरमैला व्यवस्थापन ग्रुप (एसएलसी) सगँ भरतपुर महानगरपालिका सहकार्य गर्न सकारात्मक देखिएको छ । एसएलसी गु्रपले सुरुवाती चरणमा काठमाण्डौ महानगरपलिका र भरतपुर महानगरमा कार्यक्रम संचालन गर्न लागेको डिपुटी जर्नल म्यानेजर हि डोङ नोनले जानकारी दिनुभयो । फोहरमैला व्यवस्थापन गरि राम्रो देश ,सफा शहर निमार्ण गर्दै आर्थिक ,वातावरण र सामाजिक विकास गर्ने लक्ष्यका साथ कार्यक्रमलाई अगाडी बढाईने भएकाले विकासित देशमा यसको प्रभावकारिता बढी रहेको बताउनुभयो । 


एसएलसी गु्रपले एक कार्यक्रमका बिच कोरियामा यस प्रविधिले ल्याएको परिर्वतनको बारेमा सहजीकरण गरेको थियो । कोरियामा फोहर व्यवस्थापन गर्दै ५० मेगावाट विद्युत उत्पादन ,ग्यासँ तथा ग्रिन सिटि निमार्ण गरिएको छ । सन् १९८० को दशकसम्म कोरियामा पनि फोहरको व्यवस्थापन गरिएको थिएन् । फोहर व्यवस्थापनमा अगाडी बढेसगै वातावरण ,सामाजिक तथा आर्थिक उन्नती गर्न सफल भएको छ । महानगरमा निस्किने फोहरलाई ल्याण्डफिल्डबाट विद्युत ,ग्यासँ ,कार्बनअक्साईड उत्पादन गरि विक्री वितरण मार्फत आर्थिक लाभ लिन सकिने छ । भरतपुर महानगरबाट निस्किने फोहरमा घरभित्रबाट ५० प्रतिशत ,अस्पतालबाट १५ प्रतिशत र व्यसायीक स्थलबाट ३४ प्रतिशत रहेको छ । 


फोहर संकलनबाट उपलब्ध आर्थिकबाट स्थानियको लागि खेलमैदान ,अपार्टमेन्ट , पार्क निमाण गर्ने गरि परियोजना संचालन गरिने छ । परियोजना अनुसार ल्याण्डफिल्ड साईड फोहरले भरिएपछि सोही स्थानमा फूलको बगौचा पार्क बनाईने छ । पार्कमा बार्षिक ३ देखी ४ पटकसम्म फुल महोत्सव आयोजना गरेर पनि आर्थिक लाभ लिन सकिने जनाईएको छ । १४ महिनाको अध्ययन पश्चात स्थान विषेश कार्यक्रम संचालन हुने म्यानेजर नोनले बताउनुभयो । कोरियाली सस्था एसएलसी गु्रपले हाल श्रीलङका ,भेतनाममा यस कार्यक्रम संचालन गरिरहेको छ । यस परियोजना महानगरमा संचालन भए फोहर बाफत महानगरपालिकालाई दिने सेवा शुल्क दिन नपर्ने बताईएको छ । सोही अवसरमा भरतपुर महानगरले अहिलेसम्म फोहर मैला कसरी व्यवस्थापन गरी राखेको छ भन्ने विषयमा गु्रपलाई जानकारी गराएको छ । परियोजना अनुसार कार्यक्रम संचालन भए सन् २०१९ मार्च देखि कार्यक्रम शुरु हुने बताईएको छ । 


कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटि निर्माणमा महानगरभित्रको फोहर व्यवस्थापन महत्वपुर्ण पक्ष रहेको बताउनुभयो । महानगरलाई स्मार्ट सिटिको रुपमा स्थापित गर्न महानगरको फोहरमैला व्यवस्थापनलाई प्रथामिकतामा राखेर गु्रपसगँ सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो । कार्यक्रममा चितवन क्षेत्र नं का प्रतिनिधीसभा सदस्य कृष्ण भक्त पोखरेल, काठमाडौ क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य तथा  नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ , भरपुर महानगरकी उप प्रमुख पार्वती शाह ,भरतपुर वडा नं १० का अध्यक्ष अरुण पिडित भण्डारी लगाएत वडा प्रतिनिधीको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस