एकाएक केपी ओलीको दाहिने हात बने बामदेव

पत्रपत्रिकाबाट

शनिबार, २१ भदौ २०७६, ०८ : ४२
एकाएक केपी ओलीको दाहिने हात बने बामदेव

काठमाडौँ । आठ महिनाअघिसम्म नेकपाभित्र केपी ओली र वामदेव गौतमको सम्बन्ध झण्डै–झण्डै ‘सम्बन्ध–विच्छेद’ कै अवस्थामा थियो।

धेरैलाई लागेको थियो– केपी र वामदेव अब मिल्न सक्दैनन्। तर, गौतम अहिले ओलीकै ‘दाहिने हात’ जस्तै बन्न पुगेका छन्। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले गौतमलाई टेलिफोनबाटै निम्त्याएर शुक्रबार उनीसँगै स्वदेश फर्किए। अघिल्लोपटक ओली उपचारपछि स्वदेश फर्कंदा गौतम पुष्पगुच्छा लिएर स्वागतका लागि विमानस्थल पुगेका थिए।

गौतमलाई खुसी पार्न ओलीले विधानमै नभएको उपाध्यक्ष पदको ‘बक्सिस’ दिएका छन्। ओलीको प्रस्तावमा स्थायी समितिले अनुमोदन गरेपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन्।

ओलीसँगको सम्बन्धबारे एक प्रसंगमा नेता गौतमले भनेका थिए, ‘केपी ओली कस्तो मान्छे हो भन्ने कुरा बाहिर भनेर जान्नेभन्दा पनि म आफैंले जानेको व्यक्ति हो। दुःखको बेलाको साथी ! दुःखका बेलाको सम्बन्ध अरू कसैले तोड्न सक्दैन। केपीसँग त मेरो सम्बन्ध त्यही दुःखका बेलाको ‘दोस्ताना’ हो।’ अन्नपूर्ण पोस्टमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस