सेतो पुतली आतंक : शरीरको सम्पर्कमा आउनेवित्तिकै यसरी गुम्छ आँखाको ज्योती

पत्रपत्रिकाबाट

शनिबार, २१ भदौ २०७६, ०८ : ३६
सेतो पुतली आतंक : शरीरको सम्पर्कमा आउनेवित्तिकै यसरी गुम्छ आँखाको ज्योती

पोखरा । पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । 

यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए ।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ । 

उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ । यो समाचार आजको राजधानी दैनिकमा विजय नेपालले लेखेका छन् । 
 
 

प्रतिक्रिया दिनुहोस