दशैंअघि गाडी भाडा नबढ्ने

पत्रपत्रिकाबाट

शनिबार, २१ भदौ २०७६, ०८ : ११
दशैंअघि गाडी भाडा नबढ्ने

काठमाडौँ । सरकार र यातायात व्यवसायीले दशैंअघि गाडी भाडा नबढ्ने बताएका छन् । यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीब्र बताएको छ । 

‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्लामात्रै हो । भाडाबारे निर्णय सरकारले गर्छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसाग हामीले बार्गेनिङ गरेका छैनौं ।’ दशैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् । 

यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालले पनि दशैंअघि गाडी भाडा नबढ्ने दाबी गरे । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस