भालेविरुद्ध मुद्धा हाल्ने नै कारबाहीमा

पत्रपत्रिकाबाट

शनिबार, २१ भदौ २०७६, ०७ : ५९
भालेविरुद्ध मुद्धा हाल्ने नै कारबाहीमा

काठमाडौँ । एकाबिहानै भाले बासेका कारढा छिमेकीहरुलाई डिस्टर्ब भएको भन्दै अदालतमा मुद्धा दायर गर्ने उल्टो कारबाहीमा परेका छन् । 

फ्रान्सको बाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोलो बुसेको भाले बासेर डिस्टर्ब गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । 

मुद्दाको सुनुवाई गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी क्षेत्रीय अदालत रोसफोर्ट कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् ।

.दुबैतर्फको बयान, प्रहरीको अनुसन्धान, मारिनी ले कपियनका मेयरले भालेको पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस