नयाँ स्वरूपमा मानव बेचबिखन तथा ओसारपसार

पत्रपत्रिकाबाट

शनिबार, २१ भदौ २०७६, ०६ : ५३
नयाँ स्वरूपमा मानव बेचबिखन तथा ओसारपसार

काठमाडौं । पछिल्लो समयमा मुलुकमा मानव बचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौति सिर्जना गरेको पाइएको छ । 

ओसारपसारको धन्दाका रुपहरु फेरिँदै जान थालेपछि यसले ठूलो चुनौति थपिदिएको छ । यस्ता गतिविधिमा राष्ट्रिय र अन्तराष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरुले बताएका छन् । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पछिल्ले समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उपार्जनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस