धरौटी रकम घटाएपछि ‘फिल्टर’ भए म्यानपावर

पत्रपत्रिकाबाट

शुक्रबार, २० भदौ २०७६, ०८ : ०२
धरौटी रकम घटाएपछि ‘फिल्टर’ भए म्यानपावर

काठमाडौं । धरौटी रकम बढाउँदा पनि सरकारले अपेक्षा गरेअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनी एकापसमा गाभिएनन् ।

कानुनी अस्तित्वमा रहेका १३ सय २३ वटा कम्पनीमध्ये मर्जरसहित ८४८ वटाले न्यूनतम धरौटी जम्मा गरेका छन् । धरौटी बढाउँदा धेरै साना कम्पनी गाभिने अपेक्षा सरकारले गरेको थियो ।

सरकारले ठगी नियन्त्रण, प्रभावकारी अनुगमन र पीडितलाई सहज रुपमा क्षतिपूर्ति दिनका लागि २ देखि ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने नियम बनाएको छ । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस