काठमाडौं । डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ।
खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पताल भर्ना हुनुभएको छ।मन्त्री खनाल मंगबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुग्नुभएको थियो। अस्पतालले उहाँलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ। मन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसीयूमा सारिएको छ तर उहाँलाई आईसीयू सेवा प्रयोग गर्नुपर्दैन, पाण्डेले भन्नुभयो– ‘अरू संक्रमण नहोस् भन्ने कुरामा भने हामी सचेत छौं।’
‘उपचारमा म आफैं प्रत्यक्षरूपमा लागिरहेको छु। नेपालको उच्च तहको मन्त्रीजस्तो मान्छे हामीलाई नै विश्वास गरेर आउनुभएको छ, हामीले सक्ने जति गर्नुपर्यो नि !’, डा. पाण्डेले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘मन्त्री खनाललाई संघन उपचारका लागि राखेको होइन, भीआईपी उपचार भन्नुहोला।’ आज को नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० भदौ २०७६, ०६ : ३८
लेखकबाट थप