व्यवसायीबीचको टकरावले पोल्ट्री क्षेत्र संकटमा

विहीबार, १९ भदौ २०७६, १६ : १८
व्यवसायीबीचको टकरावले पोल्ट्री क्षेत्र संकटमा

चितवन । कृषि क्षेत्रको एकमात्र आत्मनिर्भर पोल्ट्री कुखुरा व्यवसायमा व्यवसायी विचको टकराबले यो  क्षेत्रमा संकटमा परेको व्यवसायीहरुले नै औंल्याएका छन् । उनीहरुले आत्मनिर्भर बनेको यसको विकासमा एकजुट नहुदाँ नै अहिलेको विकराल अवस्था आएको भन्दै एकजुट हुनुको विकल्प नरहेको समेत तर्क गरेका हुन् । 

नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघको नवलपुरको प्रिपरहर होमस्टेमा सम्पन्न ९ औँ केन्द्रिय साधारणसभामा बोल्ने पोल्ट्री क्षेत्रकै अगुवाहरुले व्यवसायिक हितमा अब पनि एकजुट नभए पोल्ट्री क्षेत्र उम्कीने तर्क समेत गरेका छन् । 

कार्यक्रममा बोल्दै नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेलले पोल्ट्री क्षेत्रलाई बचाउन व्यवसायी विचको अवस्थ्य प्रतिस्पर्धा र स्वदेश उन्मुख उत्पादन र प्रयोगमा जोड दिदै अगाडी बढ्नुपर्ने बताए । हामी विच नै एकता छैन् उनले भने, अनि पोल्ट्री क्षेत्रमा समस्या नआए काहाँ आउछ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले सिमापारमा हुने पोल्ट्रीजन कारोबारमा कडाई गर्न राज्यले कडा नीति बनाउन माग पनि गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष रामकृष्ण अर्यालले कुखुराजन्य उत्पादनमा नयाँ पोल्ट्री नीतिसहित आवश्यक भएको बताए । 

यस्तै कार्यक्रममा नेपाल ह्याचरी महासंघका अध्यक्ष ज्ञानबहादुर विसुरालले पोल्ट्री क्षेत्रका संघसंस्थामा नेतृत्व गर्दा आफु हुदाँ ठिक र अरु हुदाँ वेठीक भन्ने परम्पराले पनि समस्या ल्याएको बताए । उनले साना र ठुला नभनीकन व्यवसायीक हितमा अघि बढ्नुपर्नेमा जोड दिए । 

यस्तै नेपाल दाना उद्योग संघका अध्यक्ष बालचन्द्र खनालले हिजो ईतिहासलाई हेर्दै बैज्ञानिक पद्धित अनुसार पोल्ट्री क्षेत्रमा सुधारमा आवश्यक रहेको तर्क गरे । उनले व्यवसायीक हकहितका सवालमा कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 
यस्तै संघका संस्थापक अध्यक्ष एवं अगुवा पोल्ट्री व्यवसायी भुवनलाल जोशीले आपसी सहयोग र सहकार्य अघि बढ्न कोही पनि हिच्चकिचाउन नहुने तर्क गरे ।

उनले जौविक सुरक्षाका लागि राज्यले कडाई गर्न आवश्यक रहेको बताए । नेपाल अण्डा उत्पादक संघका उपाध्यक्ष किरणभुषण ओलीले लागत अनुसारको मुल्य कायम गर्न पोल्ट्री क्षेत्रमा वैज्ञानिक नीति अब्बलम्बन गर्न जरुरी भएको बताए । 

यस्तै संघका बरिष्ठ उपाध्यक्ष मनोज रानाभाटले राहत लिने परम्परामा दुई तर्फी लिने नीति अन्त्य हुनुपर्ने माग राख्दै आफलाई मन परेन भनेर पोल्ट्री क्षेत्रमा संस्था जन्माउने क्रम रोक्र्न माग गरे । संघका कार्यालय प्रमुख शिवराम केसीले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव महेश्वर पोख्र्रेरले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जनार्दन अधिकारी आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस