दूधको मूल्य ६ रुपैयाँ बढ्यो, किसानलाई राहत

विहीबार, १९ भदौ २०७६, १५ : ४८
दूधको मूल्य ६ रुपैयाँ बढ्यो, किसानलाई राहत

काठमाडौँ– सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेका अनुसार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको हुन् । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न सेकेको छैन । 

आजै कार्यालय समय सकिएपछि बोर्ड बैठक बस्छ र बढेको मूल्य सार्वजनिक गरिन्छ । त्यसमा समयसमेत तोकिन्छ’ महाप्रवन्धक घिमिरेले जानकारी दिए । 

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए । 

उनले बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने जानकारी पनि दिए । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस