चितवन। मनकामना केबुलकार आगामी भदौ २२ देखि ५ दिनसम्म बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केवलकार मर्मत–सम्भारको लागि ५ दिन सेवा बन्द गर्न परेको प्रालिले जनाएको छ ।
प्रालिले आज सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २७ गतेसम्म बन्द रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस