काठमाडा । इङ्लिस प्रिमियर लिगको बलियो टोली म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।
शनिबार साँझ भएको खेलमा युनाइटेड साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । साउथह्याम्पटनका लागि डेनियल जेम्सले १०औं मिनेटमा पहिलो गोल गरेका थिए । साउथह्याम्पटनले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।
साउथह्याम्पटनका जानिक भेस्टरगार्डले ५८औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ७३औं मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । केभिन डान्सो दोहोरो पहेँलो (रातो कार्ड) पाउँदै बाहिरिएका थिए । तर सुरुवाती अग्रता लिएर पनि युनाइटेडले थप गोल गर्न सकेन । बराबरीसँगै युनाइटेडले तीन खेलबाट चार अंक बनाएको छ ।
साउथह्याम्पटनको पनि चार खेलबाट चार अंक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ भदौ २०७६, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
महिला लिग फुटबल : आर्मीलाई हराउँदै एपिएफको जित
खेलाडी संघको अवार्ड मिति सार्वजनिक
प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनल समिकरण पूरा
कोरोनाको कारण खेलकूदमा असर