अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्द

पत्रपत्रिकाबाट

शनिबार, १४ भदौ २०७६, ०७ : ५४
अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्द

काठमाडौँ । अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो । ‘हाम्रो कानुनले पैसा किस्ताबन्दीमा तिर भन्छ, तर अमेरिकी कानुनमा पैसा पहिल्यै र एकैपटक तिर्नुपर्ने छ,’ उनले भने, ‘त्यसैले गर्दा एम–१६ किन्न सकिएन ।’

उनका अनुसार बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ । अमेरिकासँग झैं कोरियासँग हतियार किन्ने सम्झौता पनि जीटूजी ९सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने काम० प्रक्रियाबाट भएको पाण्डेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस