काठमाडौं । देशभरमा रहेका अतिक्रमित तथा हडपिएका सरकारी जग्गा खोज्न गठन भएकोउच्चस्तरीय भूमि आयोग अलमलमा परेको छ ।
देशभरका मापात तथा नापी कार्यालयबाटै सरकारी जग्गासम्बन्धी महत्वपूर्ण कागजातहरु गायव पारिएको तथ्य फेला पारेसँगै आयोगका पदाधिकारीलाई जग्गा खोज्ने कार्यमै चुनौति थपिएको छ ।
‘माफिया र मालपोत कर्मचारीको मिलेमतोबाट धेरै कागजात गायव बनाइएको छ, आयोगले जग्गासम्बन्धी कागजात खोज्दा गायव पारिएको र नभेटिने समस्या अत्यधिक देखिएको छ’ एक सदस्यले भने । यो खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ भदौ २०७६, ०७ : ३६
लेखकबाट थप