काठमाडौँ । सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो । उहाँ प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्किनुभएको छ ।
निजी चिकित्सक डा। शाहले भन्नुभयो, “प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार भइरहेको छ । ” सात/आठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने बताउनुभयो । प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ भदौ २०७६, ०७ : २५
लेखकबाट थप